उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ गते

No ads found for this position
No ads found for this position

काठमाडौं । नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौंमा आगामी मंसिर १७ गते बुधबार सो सभा आयोजना गर्ने जानकारी गराइएको हो ।

काठमाडौंको प्रज्ञा भवनमा सो सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले बताए ।

उनले भने,‘घोषणा सभा २०८२ मंसिर १७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन कमलादीमा आयोजना गरिनेछ । कार्यक्रममा वृहत जनसहभागिता रहने अपेक्षा गरिएको छ । सुरक्षा व्यवस्था र भीड व्यवस्थापनको तयारीको काम लगभग अन्तिम चरणमा पुगेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारको माननीयमन्त्री कुलमान घिसिङ रहनुहुनेछ । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिनेछ । जसमा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रुपमा प्रश्तुत गरिनेछ । सार्वजनिक गरिनेछ ।’

पत्रकार सम्मेलनमा नेताहरुले सो पार्टीले लोकतान्त्रिक समाजवादलाई अंगिकार गरेर अघि बढ्ने बताएका छन् । प्रवक्ता थापाले सबै पार्टीको राम्रा पक्षलाई आत्मासात गरेर अघि बढ्ने योजना आफूहरुको रहेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *