सवारी दुर्घटनामा ५ जना घाइते

No ads found for this position
No ads found for this position

हेटौँडा । कान्ति लोकपथअन्तर्गत हेटौँडा उपमहानगरपालिका –५, क्याम्पा डाँडामा जिपले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

हेटौँडाबाट चौघडा जाँदै गरेको बा.प्र.०३–००६ प. २०७९ नम्बरको स्कुटरलाई चौघडाबाट हेटौँडा आउँदै गरेको बा. ३ च. २२४ नम्बरको ल्यान्डक्रुजर गाडीले बुधबार साँझ ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक हेटौँडा –६ हात्तिलेटका २६ वर्षीय युवराज अधिकारी र पछाडि सवार ३० वर्षीय नारायण अधिकारी घाइते भएका छन् ।

उनिहरुको टाउको र अनुहारमा चोट लागेको छ । उनिहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न जिप र चालक, ललितपुर महालक्ष्मी नगरपालिका–६, सानागाउँका ६१ वर्षीय गङ्गा लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ ।

यस्तै हेटौँडा–२, मानसचोकमा २ मोटरसाइकल आपसमा ठोकिँदा तीन जना घाइते भएका छन् ।

कांग्रेस चोकबाट कान्ति लोकपथतर्फ जाँदै गरेको ना. ३३ प. ७२८१ नम्बरको मोटरसाइकल र फापरबारी बसपार्क तर्फबाट पुरानो मकवानपुर रोडतर्फ जाँदै गरेको अर्को बा.प्र.०३–००६ प. २४३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा रत्ननगर–१४, चितवन घर भइ हाल मकवानपुर हेटौँडा उपमहानगरपालिका–४, थाहाचोक बस्ने ३८ वर्षीय रामशरण कुँवर घाइते भएका छन् । त्यस्तै, हेटौँडा–१९, शान्नानीटारका २७ वर्षीय उसव खड्का र पछाडि सवार २५ वर्षीय सन्देश डङ्गोल घाइते भएका छन्। उनिहरुको नयाँ मेडिकल कलेज, भरतपुर चितवनमा उपचार भइरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *