केही मानिसले म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाए : सुदन किराँती
काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीको कारणले भन्नु लाज लजाउने अभिव्यक्ति भएको टिप्पणी गरेका छन् ।
आईतबार प्रगतिशिल लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले जेनजी विद्रोह विदेशीको कारणले नभइ नेतृत्वमा रहेका नेताहरुका कारणले भएको जिकिर गरे ।
उनले भने, ‘उहाँहरु जेनजी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नुहुन्छ । लाज पनि लजाउने गरी अभिव्यक्ति दिइरहनुभएको छ । हाम्रो पार्टी सम्पूर्ण रुपले खारेज गर्दछ त्यसलाई । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? २० वर्षदेखि राज्यसत्तामा को छ एकलौटी ? केही मानिसहरु म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेका छन् । देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् । अनि विदेशीलाई दोष लगाउने ?’
उनले थैली बन्दिलो नबाँध्ने र साथीलाई चोर दोष लगाउने काम नगर्न चेतावनी दिए।


