ताप्लेजुङमा आगलागी हुँदा ४ घर जलेर नष्ट
No ads found for this position
No ads found for this position
ताप्लेजुङ । ताप्लेजुङको तेम्बा बजारमा मंगलबार राति करिव ११ बजेतिर आगलागी ४ घर जलेर नष्ट भएका छन्।
जिल्लाको मिक्वाखोला गाउँपालिका-४ स्थित साँवाको तेम्बा बजारमा भएको आगलागीबाट इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । ति घरहरुमा होटल तथा अन्य पसल रहेका थिए ।
आगलागिबाट उनिहरुको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, पसलका सामानलगायत घरभित्र रहेको सम्पूर्ण सामग्री र नगदसमेत जलेर नष्ट भएको छ । तर कुनै मानवीय क्षति भने भएको छैन ।
तस्बिर सौजन्य : विजय साँवा
प्रतिक्रिया


