राजपाले निर्वाचन आयोगमा दल गरायो, चुनाव चिन्ह डोजर

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । सो पार्टीका नेताहरुले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर दल दर्ताको प्रमाणपत्र लिएका हुन् ।

मधेसको सबै समस्या समाधान गर्नका लागि आफूले निर्वाचनमा भाग लिने उद्देश्यका साथ दल दर्ता गरी त्यसको प्रमाण पत्र बुझेको सो पार्टीका नेता इरफान हमसेखले बताए । उनले आफूहरुले मधेशको समस्या बुझेकाले समाधान गरेर अघि बढने जिकीर गरे ।

उनले भने,‘मधेसको समस्या खत्तम गर्नका लागि पूर्वदेखि पश्चिमसम्म नै हाम्रो संगठन अलरेडी छदैछ । समस्याहरु पहिलेदेखिनै चिन्हित छन् । त्यही समस्या खतम गर्नका लागि यो पार्टी हामीले गठन गरेका हौ । हामीले ४/५ वर्षदेखि काम गर्दै आएका छौ । हाम्रो संगठन पुरानै हो, दर्ता मात्रै हामीले अहिले गरेका हौँ ।’

दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको सो पार्टीको चुनाव चिन्ह डोजर रहेको छ । नेता हमसेखले मधेशमा विद्यमान भ्रष्टाचारलाई डोजर लगाएर समाप्त पार्न आफूहरु सफल हुने दावी गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि विभिन्न दलहरुले निर्वाचन आयोगमा दल दर्ताको कामलाई अघि बढाएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *