खापुङलाई विदेश भ्रमणमा रोक, काठमाडौंबाहिर जान पनि स्वीकृति लिनुपर्ने
काठमाडौं । जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरी प्रमुखबाट बिदा भएका चन्द्रकुबेर खापुङलाई विदेश जान रोक लगाउन सरकारलाई आग्रह गरेको छ। यस्तै उनलाई स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नदिन पनि आग्रह गरेको छ ।
आयोगको बैठकले घटनाको छानबिन र सोधपुछका लागि उनलाई जतिबेला पनि बोलाउन सकिने भन्दै यस्तो आग्रह गरेको हो।
विज्ञप्तिमा छ-‘कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्रकार गर्ने निर्णय भएको छ।’
यस्तै कुनै क्षतिको विवरण भए आयोगको इमेलमा उपलब्ध गराउन आग्रह गरिएको छ। जेनजी आन्दोलनमा देशभर ७६ जनाको मृत्यु भएको थियो। यही घटनाका सम्बन्धमा गठन भएको आयोगले छानबिन गरिरहेका छ। प्रहरीसमेत छानबिनको घेरामा परेको छ।
खापुङ ३० वर्षे सेवा अवधि हदका कारणले गएरातीदेखि अवकाश पाएका थिए।
