पूर्वमन्त्री खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरले चलायो डोजर (भिडियो)
काठमाडौं । लैनचौरस्थित नेपाल स्काउटको जग्गा रहेको पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्काको कम्पनीको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
नेपाल स्काउटले कात्तिक २० गते एक सूचना जारी गर्दै खड्का ल्यान्ड डेभलपमेन्ट कम्पनीलाई ७ दिनभित्र बाँकी बक्यौता तिर्न चेतावनी दिएको थियो ।
उनले खड्का ल्याण्ड प्रालि मार्फत जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए । खड्काले नेपाल स्काउटको जग्गा प्रयोग गरेबापत ३ करोड बढी बक्यौता नतिरेको आरोप छ ।
त्यहाँ भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको हो । बिहीबार महानगर प्रहरीहरु डोजरसहित पुगेर त्यहाँ बनाइएका संरचनाहरु भत्काएका छन् ।
कांग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए ।
