मुग्लिन-नारायणगढ सडक खुल्यो (भिडियो)
No ads found for this position
No ads found for this position
काठमाडौं । तुइन खोला पुल नजिक खसेका ढुंगाले अवरुद्ध मुग्लिन–नारायणगढ सडकमा सवारी आवागमन सुरु भएको छ ।
ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो ।
माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो । हाल सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।
भिडियो: सडक डिभिजन कार्यालय भरतपुर
प्रतिक्रिया


