राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
No ads found for this position
No ads found for this position
काठमाडौं । राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा वार्षिक प्रतिवेदन पेश गरिएको हो ।
प्रतिवेदन आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले पेश गरे । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८१/८१ को आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया


