आन्दोलनको समयमा प्रहरीलाई बिदा बस्न दुर्गा प्रसाईंको अनुरोध
मानव अधिकार आयोगले गर्यो प्रसाईंसँग छलफल
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग छलफल गरेको छ ।
आयोगले बुधवारबार प्रसाईसँग छलफल गरेको हो । प्रसाईंले मंसिर ७ गतेदेखी आन्दोलन गर्न घोषणा गरेपछि आयोगले आन्दोलनका बारेमा चासो राखेको हो ।
आन्दोलनका स्वरुपका बारेमा आफूसँग आयोगका अध्यक्ष तपबहादुर मगरले चासो राखेको संयोजक प्रसाईंले जानकारी दिए । उनले आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको उनले दाबी गरे ।
उनले आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुने बताए । उनले व्यवस्था परिवर्तनको गर्नको लागी आन्दोलन गर्न लागेको बताए ।
उनले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह गरे । आन्दोलनको बारेमा आयोगलाई पनि अग्रिम जानकारी गराएको उनले जानकारी दिए । उनले आन्दोलनको समयमा निजामती कर्मचारी र प्रहरीलाई बिदा बस्न अनुरोध गरे ।


