क्रिकेट रङ्गशाला अनुगमनमा मन्त्री घिसिङ

No ads found for this position
No ads found for this position

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कीर्तिपुर पुगेर अन्तर्राष्ट्रि क्रिकेट रङ्गशालाको अनुगमन गरेका छन् ।

बिहीबार दिउँसो मन्त्री घिसिङ निर्माण भइरहेको त्रिवि क्रिकेट रङ्गशालाको अनुगमनमा गएका उनको निजी सचिवालयले जनाएको छ ।

अनुगमनपछि मन्त्री घिसिङले काम अन्तिम चरणमा पुगेको बताउँदै अबको एक महिनाभित्र निर्माण सकिने जानकारी ठेकेदार कम्पनीले दिएको बताए।

उनले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणअघि मैदानको सबै काम सक्ने बताए। दोस्रो सिजनको एनपिएल मंसिर दोस्रो सातादेखि हुँदैछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *