रसुवामा फसेका १२ जनाको सेनाले गर्यो उद्धार, ४ को खोजी जारी

No ads found for this position
No ads found for this position
काठमाडौं । वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका १२ जनालाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।
वर्षाका कारण ड्यामसाइड इलाकामा पुगेका १६ जना स्थानीय र मजदुर समूह जोखिममा परेका थिए ।
तीमध्ये १२ जनालाई नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले उद्धार गरी स्याफ्रुवेशी ल्याइएको सेनाले जनाएको छ ।
हराइरहेका ४ जनाको खोजी कार्य निरन्तर भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका खोज तथा उद्धार टोलीहरूले ड्यामसाइड, भाङ्गे झरना लगायत पाँच स्थानमा खोजी कार्य सञ्चालन गरिरहेका छन् ।
तस्बिर: नेपाली सेना ।
प्रतिक्रिया