अब सबै फाइलको ब्रेक थ्रू हुन्छ: गृहमन्त्री अर्याल

No ads found for this position
No ads found for this position
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू खोलेर कारबाही अघि बढाउने बताएका छन्।
उनले शुक्रबार नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘सबै फाइलको ब्रेक थ्रू हुन्छ। कतिपय ठाउँबाट राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए, त्यो हुँदैन अब । यो सरकारको म्यान्डेट नै सुशासन हो, सुशासनबिना शान्ति सुरक्षा हुन सकिँदैन ।’
मन्त्री अर्यालले केही राजनीतिक कनेक्सनका आधारमा सुशासनमा अवरोध आएको बताए । राजनीतिक कनेक्सनका आधारमा सुशासनमा आएको अवरोध हटाउनसमेत निर्देशन दिइसकिएको उनले बताए ।
प्रतिक्रिया