कांग्रेसमा विशेष महाधिवेशनको आह्वान गर्दै १०९ प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान सुरु गरेका छन् ।
६ असोजबाट विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना ले हस्ताक्षर गरेर अभियान चलाएका हुन् ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर सबै प्रदेशमा सुरु गरिने अभियानका अगुवाइ एक प्रतिनिधिले बताए ।
कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन आव्हान गर्न केन्द्रीय समितिले निर्णय लिनुपर्ने वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ ।
विधानको दफा १७ (२) मा भनिएको छ- केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने छ ।