स्व. सिंहलाई सम्झिँदै अध्यक्ष गुरुङले भने- नयाँ खाका सहित अघि बढ्ने प्रेरणा मिलोस्

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ लौह पुरुष गणेशमान सिंहको २८औं स्मृति दिवस को अवसरमा हार्दिक श्रद्धा सुमन अर्पण गरेका छन् ।

अध्यक्ष गुरुङले नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन उल्लेखनीय भूमिका रहेको भन्दै प्रशंसा गरेका छन् ।

१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित सिंह कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता भएकाले देशमा प्रजातन्त्र स्थापना गर्न महत्त्वपूर्ण भूमिका निभाएको अध्यक्ष गुरुङले उल्लेख गरे ।

अध्यक्ष गुरुङले स्व. सिंहलाई सम्झिँदै आजको दिनमा परिवर्तनको नवीन खाका सहित अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनि शुभकामना दिएका छन् ।

नेता सिंहको २८औं स्मृति दिवस आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम गरी मनाउँदै छन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *