नेपाल प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ ?

No ads found for this position
No ads found for this position

काठमाडौं। नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ। गत भदौ ३१ गतेको निर्णयले असोज १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा भएको हो।

सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र चन्दकै दरबन्दी कायम भएको छ । बाँके जिल्ला प्रहरी प्रमुखमा अंगुर जिसी सरुवा भएका छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।

अत्यन्तै आकर्षक मानिने पर्सामा पाँच महिनामै एसपी गौतम मिश्र त्यहाँबाट सरुवा भएर सुदूरपश्चिम प्रहरी कार्यालय पुगेका छन् । त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी सुदीपराज पाठक सरुवा भए ।

अर्को आकर्षक मानिने मकवानपुरका एसपी विश्वराज खड्का १३ महिना बसेर प्रधान कार्यालय सरुवा भए म त्यहाँ सुवासचन्द्र बोहराले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् ।

मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेवे, दाङमा दीपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पंजियार थारु, कास्कीमा नवीन कार्की, कपिलवस्तुमा सन्तोष आचार्य जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् । डोटीमा महेन्द्र नेपाल र भक्तपुरमा सूर्यबहादुर खड्का सरुवा भएर कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दैछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *