जेनजीको नाममा हिंसात्मक गतिविधि भए, चुनाव समयमै होस् : अध्यक्ष गुरुङ

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल तरुण दलले जेनजी आन्दोलनका क्रममा भएको नेताहरूमाथिको हिंसात्मक आक्रमण, तोडफोड र आगजनीका विषयमा छलफल गरेको छ ।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा आज आन्दोलनबाट भएको क्षतिको बारेमा बुझ्न नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्यहरू शंकर भण्डारी, प्रकासमान सिंह र दिपक खड्काको निवास पुगी अवलोकन गरेका छन् ।

अवलोकन पछि महामन्त्री सिटौलाले अध्यक्ष गुरुङसँग तरुण दललाई वैचारिक रूपले एकमत भएर अगाडि बढ्न निर्देशन दिए ।

सिटैलाले भने, ‘तरुण दरुण दल भित्र स्पष्ट भएर एकता निर्माण गर्नुस् । पार्टी भित्रको एकतालाई खलबल्याउने र निरुत्साहित पार्ने खालका कुनै पनि गतिविधि आउँछन् भने त्यस विरुद्ध तपाईंहरु लाग्नुस् । इतिहास देखि के देखिन्छ भने जति बेला राष्ट्रमा सङ्कट पर्छ कांग्रेस नै अगाडि आएको छ देश बचाउनका लागि । जति बेला प्रजातन्त्र सङ्कटमा पर्छ त्यसलाई बचाउन पनि कांग्रेसनै अगाडि आएको छ र कांग्रेस कै नेतृत्वमा देशमा आएका सारा समस्याको समाधान भएको छ । त्यासकारण हामीसँग ठुलो जिम्मेवारी र कार्यभार छ ।’

अवलोकनका क्रममा तरुण दलका अध्यक्ष विद्वान गुरुङले जेनजीको नाममा पार्टी सभापति शेरबहादुर देउवा र डा . आरजु राणामाथि भएको आक्रमणको घोर भर्त्सना गरे । उनले उपचारका क्रममा रहेका पार्टी सभापति देउवा र डा. राणाको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

यस्तै गुरुङले जेनजीको नाममा हिंसात्मक गतिविधि भए भएको बताए । उनले आन्दोलनको क्रममा मृत्यु भएकाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरे।

गुरुङले भने, ‘अहिलेको यो विषम परिस्थितिमा सम्पूर्ण तरुणहरू धैर्य गर्दै एक आपसमा एकता सहित अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको छ । वर्तमान सरकारले जेन्जी पुस्ताले राखेका मागमा ध्यान दिई समयमै निर्वाचन सम्पन्न गरोस्।’

गुरुङले जेनजी आन्दोलन हिंसात्मक सक्ने र घुसपैठ हुन सक्ने भन्दै आन्दोलनको अघिल्लो दिन नै विज्ञप्ति मार्फत सचेत गराएका थिए ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *