२ वटा मन्त्रालय पाएको थिँए तर भारतीय दूतावास जानुपर्ने भनेपछि फर्किए: हर्क साम्पाङ

No ads found for this position
No ads found for this position

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङ काठमाडौंबाट खाली हात धरान फर्किएका छन् ।

साम्पाङले देशको नेतृत्वको जिम्मेवारी लिन काठमाडौं पुग्दा भारतीय दूतावास जानुपर्ने भएपछि आफू मन्त्री खान हच्किएको बताएका छन्।

काठमाडौं आएर नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग प्रधानमन्त्री पदका लागि गरेको डिलमा असफल भएपछि धरान फर्किएका साम्पाङ भारतीय दूतावास जानुपर्ने भएपछि मन्त्री खान हच्किएको सामाजिक सञ्जाल मार्फत जनकारी गराएका हुन्।

उनले आफूलाई खानेपानी र श्रम तथा रोजगार गरेर दुई वटा मन्त्रालय दिएको तर भारतीय दूतावास जानुपर्ने भनेपछि हच्किएको बताएका हुन्। उनले हर्क साम्पाङ को हो भनेर पछि थाहा हुनेसमेत टिप्पणी गरेका छन्।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *