केही नेता र मन्त्रीको नामै किटेर माइतीघरमा जेनजीको प्रदर्शन

अहिलेको अव्यवस्थाविरुद्ध कलेज पोशाकमै आए विद्यार्थी

No ads found for this position
No ads found for this position

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिवन्धको विरोधमा जेनजी पुस्ताले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ ।

देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिवन्धको विरुद्धमा जेनजी पुस्ताले प्रदर्शन गरेको हो ।

काठमाडौंको माईतीघर मण्डलामा भेला भइ उनीहरुले यतिबेला प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा जम्मा भएका कोही कलेज पोशाकमा छन् भने केहीले उत्तेजक राजनीतिक नारा समेत लगाइरहेका छन् ।

उनीहरूले केही नेता र मन्त्रीको नामै किटेर प्लेकार्डमार्फत विरोध जनाएका छन् ।

भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको उनीहरुको भनाइ छ ।

जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन्। उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *