सिरहामा अनिश्चितकालीन कर्फ्यू जारी
No ads found for this position
No ads found for this position
सिरहा । सिरहामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेपछि प्रशासनले कर्फ्यू लगाएको हो।
जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यू आदेश लागू गरिएको भन्दै सूचना जारी गरेको छ ।
सूचनामा दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गोलबजार नगरपालिकाको (पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्र) मा पूर्ण रूपमा आवतजावत तथा भेला हुन रोक लगाइएको छ ।
प्रतिक्रिया
