सुनको मूल्य आज १० हजार बढीले घट्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार १ सय रुपैयाँले घटेको हो ।

मंगलबार ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भैइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *