प्रधानमन्त्रीले संसद्‌बाटै माफी मागेर रेकर्ड नहटाएसम्म बैठक चल्न नदिने विपक्षी दलको निर्णय

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसको आयोजनामा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले संसद्मा उपस्थित भएर माफी नमागेसम्म सदन चल्न नदिने निर्णय गरेका छन्।

बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हो।

बैठकमा कांग्रेस दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका दलका नेता रामबहादुर थापा, कांग्रेस प्रमुख सचेतक वासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, एमाले दलकी उपनेता पद्मा अर्याल, श्रमसंस्कृति पार्टीका आर्यन राई र राप्रपाकी खुश्वु ओलीसहित सहभागी छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *