जनता मार्ने बालेन सरकार चाहिँदैन भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा नेपाल, वृहत् नागरिक आन्दोलन र जेन–जेड मुभमेन्ट अलायन्स ले ‘गणतन्त्र जिन्दाबाद, GUN तन्त्र मुर्दावाद’ भन्ने नारासहित माइतीघर मण्डलामा कविता, नाटक, वक्तव्य तथा सिट्ठी जुलुससहित प्रदर्शन गरेका छन्।

बिहीबार आयोजित प्रदर्शनमा सहभागीहरूले ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’ ‘जनविरोधी निर्णय मान्दैनौँ’ र ‘डोजर होइन समाधान दे, सुकुमवासीलाई सम्मान दे’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् । उनीहरूले प्रधानमन्त्री बालेन शाहको तस्बिर सहित जनता मार्ने सरकार चाहिँदैन भन्दै प्रदर्शन गरेका हुन् ।

तस्बिरहरू : सक्षम घिमिरे



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *