संसद्लाई गफ गर्ने थलो बनाउनु हुँदैन : सांसद दुलाल

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसद्लाई ‘गफ गर्ने अखडा’ नभई जनताका समस्याको समाधान खोज्ने जिम्मेवार थलोका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उनले जनप्रतिनिधिहरूले उठाएका जनताका आवाजलाई सरकारले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसद्प्रति उत्तरदायी बनाउने व्यवस्था नियमावलीमा सुनिश्चित गरिनुपर्ने बताए ।

उनले भने, ‘संसद्मा जनप्रतिनिधिले उठाएका जनताका भावनालाई सम्बोधन गर्नका लागि, सरकारलाई जबाफदेही बनाउनका लागि हामीले उठाएका आवाजका लागि गफ गर्ने थलो बनाउन हुँदैन । प्रधानमन्त्री वा मन्त्रीलाई जबाफदेही एवम् उत्तरदायी बनाउन नियमावलीले ख्याल गर्नु पर्दछ ।’

उनले १३ औँ र १७औँ शताब्दीबाट सुरु भएका संसदीय अभ्यासलाई वर्तमान समयअनुसार परिवर्तन गर्दै संसद्लाई चुस्त, व्यवस्थित र जनताप्रति जबाफदेही बनाउनुपर्ने धारणा व्यक्त गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *