कोशी प्राइड लिग जेठ ९ गतेदेखि हुने

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपालको प्रमुख घरेलु क्रिकेट लिग कोशी प्राइड लिग (केपीएल) सिजन ३ आगामी जेठ ९ गते (मे २३) देखि सुरु हुने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको औपचारिक उद्घाटन मिति सार्वजनिक गरेको हो । यसअघि जेठ २६ गते प्रतियोगिताको ट्रफी सार्वजनिक (ट्रफी रिभिल) गरिने जानकारी पनि दिइएको छ ।

कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले कोशी प्राइड लिगजस्ता प्रतियोगिताले खेलाडीहरूलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने उल्लेख गर्दै स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरका क्रिकेट संरचनाबीच सहकार्य आवश्यक रहेको बताए ।

खड्काले निजी क्षेत्रको लगानी, स्थानीय समुदायको साथ र क्रिकेटप्रतिको बढ्दो आकर्षणले यस्ता प्रतियोगितालाई सफल बनाउने मुख्य आधार भएको धारणा राखे ।

उनले देशभर क्रिकेटप्रतिको क्रेज बढ्दो क्रममा रहेको उल्लेख गर्दै यस्ता लिगहरूले नयाँ प्रतिभा उत्पादन र खेलको व्यावसायिकता विस्तारमा टेवा पुर्याउने बताए ।

प्रतियोगिता आयोजना गर्न विभिन्न चुनौती र समय व्यवस्थापनका बाबजुद आयोजक, जिल्ला तथा प्रदेश क्रिकेट संघ, प्रायोजक र सरोकारवालाको सहकार्यले लिग सम्भव भएको आयोजकले जनाएको छ ।

कोशी प्राइड लिगलाई नेपालको प्रमुख क्रिकेट प्रतियोगितामध्ये एक बनाउने लक्ष्यसहित अघि बढाइएको आयोजकको भनाइ छ । प्रतियोगितामा सहभागी टिम, खेलाडी र समर्थकको उत्साहले यसलाई अझ भव्य बनाउने विश्वास लिइएको छ ।

आयोजकले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न आव्हान गर्दै नेपाली क्रिकेटको विकासका लागि यस्ता पहलहरू निरन्तर रहने जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *