सरकारले जनताको वासस्थान र रोजगारी खोस्दै छ : माधव नेपाल

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन् ।

शुक्रबार १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी तथा मजदुर विरोधी काम गरिरहेको आरोप लगाए । उनले जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको दाबी गरे ।

उनले भने, ‘वर्तमान सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ । मजदुर विरोधी काम गरिरहेको छ । जनताको वासस्थान खोसिँदै गएको छ । रोजगारीको अधिकार पनि खोसिँदै गएको छ ।’

नेपालले सुकुम्वासी समस्यातर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदै वास्तविक र नक्कली सुकुम्वासी छुट्याउने, तथ्यांक संकलन गर्ने र वैकल्पिक व्यवस्थाको खोजी नगरी दमनात्मक कदम चालिएको बताए ।

उनले भने, ‘सुकुम्वासी समस्या समाधान कसरी गर्ने ? वास्तविक र नक्कली सुकुम्वासी को हुन् भनेर छुट्याउने काम नगरी, तथ्यांक संकलन नगरी र वैकल्पिक व्यवस्था नखोजी दमन गर्ने कामलाई जायज भन्न सकिँदैन ।’

उनका अनुसार रोजगारीको अभावका कारण युवाहरू बिदेसिन बाध्य छन्, जसका कारण कतिपय नेपाली कामदारको शव स्वदेश फर्किनुपर्ने अवस्था दुःखद रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *