रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १५ जना घाइते
No ads found for this position
No ads found for this position
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका- १ जलजलामा जिप दुर्घटना भएको छ । भोलीका लागि जलजलामा हुने मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटनामा परि १५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
लु १ ज ४१६७ नम्बरको बोलेरो जिप जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेहरूको उद्धार कार्य जारी रहेको जनाएको छ ।
भारी वर्षाका कारण उद्धारमा कठिनाइ भएको बताइएको छ ।
प्रतिक्रिया


