बाजुरामा चट्याङका कारण ५५ वटा भेडा र बाख्रा मरे
बाजुरा । बाजुरामा चट्याङ लागेर ३९ बाख्रा मरेका छन् । बुधबार दिउँसो बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार भन्ने स्थानमा चट्याङ पर्दा ठुलो सङ्ख्यामा बाख्रा मरेका हुन् ।
अपराह्न करिब ४ बजेतिर परेको चट्याङका कारण दुईजना स्थानीय किसानका ३९ वटा बाख्रा घटनास्थलमै मरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेश बहादुर शाहीले बताए ।
प्रहरीले घटनास्थल पुगेर बुझ्दा स्थानीय सज्जन कडा राका ११ वटा बाख्राको मृत्यु र १५ वटा बाख्रा बेपत्ता रहेको र जसबिर रावलका २८ वटाको मृत्यु र २४ वटा बाख्रा बेपत्ता रहेको र मानवीय क्षेती भने नभएको जानकारी दिए ।
सोही पालिकाको १ रानी सैन वनमा बाख्रा चराउन लगिएको थियो । पानी परिरहेको समयमा चट्याङ पर्दा सो सङ्ख्यामा बाख्राहरू मरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
ठुलो सङ्ख्यामा बाख्रा मरेपछि किसानहरू मारमा परेका छन्। बाजुरामा मंगलबार मात्रै चट्याङ र पहिरोमा परी १६ भेडा बाख्रा मरेका थिए । त्यस्तै ३८ भेडा बाख्रा हराएका थिए । बाजुरामा बर्षेनी विगतजन्य घटनाबाट भेडा बाख्रा मरेर करोडौँको क्षति हुँदै आएको छ ।


