साउदीमा १ सय ६ नेपालीसहित १७ हजार बढीलाई गरियो देश निकाला

No ads found for this position
No ads found for this position

काठमाडौं । पछिल्लो एक साताको अभियानमा साउदीमा १ सय ६ जना नेपालीसहित हजारौं आप्रवासी कामदार कारबाहीमा परेका छन् । उदी सरकारले बसोबास, श्रम तथा सीमा सुरक्षासम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गर्दै अप्रिल १६ देखि २२ सम्म सञ्चालन गरिएको संयुक्त अपरेसनमा १७ हजार बढी व्यक्तिलाई देश निकाला (डिपोर्ट) गरिएको साउदीको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअनुसार १ सय ६ जना नेपालीमाथि विभिन्न कानुन उल्लंघनमा संलग्न रहेको तथा सामाजिक सञ्जालका लागि अवैध रूपमा भिडियो/तस्बिर बनाएको, गैरकानुनी गतिविधिमा संलग्न र सहयोग गरेकोलगायतका आरोप लागेको छ ।

अप्रिल १६ देखि २२ सम्ममा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको संयुक्त कारबाहीबाट १२ हजार १ सय ९२ जनालाई पक्राउ गरिएको छ । तीमध्ये ६ हजार ६ सय ६ जनाले बसोबाससम्बन्धी नियम उल्लंघन गरेका छन् भने ३ हजार ५ सय १० जनाले सीमा सुरक्षासम्बन्धी कानुन उल्लंघन गरेको पाइएको छ । साथै, २ हजार ७६ जना श्रम कानुन उल्लंघनमा संलग्न रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

साउदी अरबस्थित नेपाली दूतावासले यहाँ कार्यरत सम्पूर्ण नेपाली नागरिकलाई स्थानीय कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ । दूतावासका अनुसार कानुन विपरीत गतिविधिमा संलग्न हुनेहरूलाई सहयोग गर्न समेत कठिन हुने भएकाले प्रत्येक नेपालीले आफ्नो कागजात अद्यावधिक राख्दै जिम्मेवार ढंगले काम गर्नुपर्ने बताइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *