पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरा विमानस्थलमा गरियो स्वागत (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

पोखरा। पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा आइ पुगेका छन् । शाह आफ्नो व्यक्तिगत भ्रमणको सिलसिलामा शुक्रबार पोखरा आइपुगेका हुन् ।

उनलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्वागतका लागि उपस्थित भएका समर्थकहरूले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै पूर्वराजाको पक्षमा जयजयकार गरेका थिए ।

उनलाई पञ्चेबाजा र पुष्पगुच्छाले स्थानीयले भव्य स्वागत गरेका छन् । पूर्वराजा शाह पोखरा भ्रमणका क्रममा केही दिन यहाँका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । उनको यस भ्रमणलाई विशुद्ध व्यक्तिगत भनिए पनि स्थानीय स्तरमा यसले निकै चर्चा पाएको छ । पोखराको पर्यटन र पछिल्लो राजनीतिक वातावरणका बिच पूर्वराजाको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *