सुन सरकारले सुनिदिनुपर्‍यो भन्दै कानुनका विद्यार्थी सडकमा (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं । विश्वविद्यालयमा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने सरकारी नियतका विरुद्ध नेपाल ल क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थी सडकमा उत्रिएका छन् ।

नेपाल ल क्याम्पस स्ववियु तथा संयुक्त विद्यार्थी संगठनको आयोजनामा आज विद्यार्थीले सरकारको अधिनायकवादी कदम विरुद्ध प्लेकार्डसहित शान्तिपूर्ण मार्चपास गरेका हुन् ।

विद्यार्थीले विश्वविद्यालयको स्वयत्ततामा हस्तक्षेप गर्न खोजेको र विद्यार्थी संगठनहरूको आवाजलाई दबाउन सरकारले अधिनायकवादी बाटो लिएको आरोप लगाएका छन् ।

मार्चपासमा सहभागीहरूले ‘शिक्षामा दलीय हस्तक्षेप बन्द गर’, ‘स्ववियुको अधिकार रक्षा गर’ र ‘अधिनायकवादी कदम खारेज गर’ ‘ए सुन सरकार सुनिदिनुपर्‍यो’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर क्याम्पस परिसर अगाडि प्रदर्शन गरेका थिए ।

आयोजक विद्यार्थी संगठनहरूले यो लडाईं विश्वविद्यालय र विद्यार्थीको अस्तित्व रक्षाका लागि भएको बताउँदै सरकारको यस्तो कदम नसच्चिए चरणबद्ध रूपमा थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । पछिल्लो समय सार्वजनिक विश्वविद्यालयहरूमा बढ्दो सरकारी हस्तक्षेपका श्रृङ्खलाहरू विरुद्ध कानूनका विद्यार्थीको यस आन्दोलनले शैक्षिक क्षेत्रमा थप तरङ्ग पैदा गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *