संघीयता सबलीकरण समिति मातहतका ३ उपसमिति पुनर्गठन

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले तीनवटा संसदीय उपसमितिहरू पुनर्गठन गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले संघीयता सबलीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र सामाजिक न्याय क्षेत्रका गरी तीन वटा उपसमितिहरू पुनर्गठन गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन् ।

उनकाअनुसार संघीयता सबलीकरण उपसमितिको संयोजकको जिम्मेवारी श्रीकृष्णप्रसाद अधिकारीलाई दिइएको छ । उक्त समितिको सदस्यहरुमा उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा रहेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिको संयोजकमा विष्णुकुमारी सापकोटा चयन भएकि छिन् भने उक्त उपसमितिमा नारायणदत्त मिश्र, ललितजंग शाही र दुर्गाकुमारी गुरुङ सदस्य रहेका छन् ।

सभापति राईले सामाजिक न्याय उपसमितिको संयोजकमा रोशनी मेचे रहेको बताइन् । उक्त उपसमितिका सदस्यहरूमा धर्मेन्द्र पासवान र मनरुपा शर्मा रहेका छन् ।

उनले भनिन्, ‘आजको बैठकबाट हामीले तीन वटा उपसमितिहरुको पुनर्गठन गर्‍यौं । संघीयता सबलीकरण उपसमितिको संयोजक माननीय श्रीकृष्ण प्रसाद अधिकारी, सदस्यहरु माननीय उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा रहनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमितिको संयोजकमा विष्णुकुमारी सापकोटा, सदस्यहरु नारायणदत्त मिश्र, ललितजंग शाही र दुर्गाकुमारी गुरुङ रहनुभएको छ । र सामाजिक न्याय उपसमितिको संयोजक माननीय रोशनी मेचे, सदस्यहरु धर्मेन्द्र पासवान र मनरुपा शर्मा हुनुहुन्छ । हामीले अहिले तीन वटा संसदीय उपसमितिहरु पुनर्गठन गरेका छौँ । हामीले संघीयता सबलीकरण र राष्ट्रिय सरोकारसँग भएका विभिन्न कार्यक्षेत्रहरुको बारेमा अध्ययन गर्नुपर्नेछ । यी सबै कार्यक्षेत्रमा हाम्रो उपसमितिहरुले काम गर्नुपर्नेछ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *