तराईमा गर्मी बढ्यो, जोमसोममा चिसो

No ads found for this position
No ads found for this position

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजका लागि देशका विभिन्न सहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ । आज बिहान ८ बजे जारी गरिएको विवरण अनुसार तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्ने देखिएको छ ।

आज दिउँसोको अधिकतम तापक्रम हेर्दा दिपायल, धनगढी र नेपालगन्ज सबैभन्दा तातो हुने अनुमान गरिएको छ । यी सहरहरूको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस सम्म पुग्न सक्ने देखिएको छ । यस्तै, भैरहवा र वीरेन्द्रनगरमा ३६ देखि ३८ डिग्री र सिमरामा ३४ देखि ३६ डिग्री सेल्सियस तापक्रम रहने प्रक्षेपण गरिएको छ ।

संघीय राजधानी काठमाडौंको आजको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस बीच रहने छ भने न्यूनतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस रहने अनुमान छ । पहाडी भेगका अन्य सहरहरू जस्तै पोखरामा २९देखि ३१ डिग्री, धनकुटामा २८ देखि ३० डिग्री र ओखलढुङ्गामा २५ देखि २७ डिग्री सेल्सियस तापक्रम रहने देखिन्छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोममा भने मौसम निकै चिसो रहने छ । जोमसोमको न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस सम्म झर्ने पूर्वानुमान गरिएको छ । जिरी र जुम्लामा पनि न्यूनतम तापक्रम क्रमशः १० देखि १२ र ६ देखि ८ डिग्री सेल्सियस रहने देखिन्छ । बढ्दो गर्मीलाई मध्यनजर गर्दै मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन र प्रशस्त पानी पिउन सुझाव दिएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *