खर्च पारदर्शी देखाउन ४ सय ५४ जना उम्मेदवारले खोले अलग्नै चुनावी बैंक खाता

No ads found for this position
No ads found for this position

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा उठेका विभिन्न राजनीतिक दलका ४५४ जना उम्मेदवारहरूले चुनावी प्रयोजनका लागि आफ्नो अलग्गै बैंक खाता खोलेका छन् ।

आयोगका प्रवक्ता नारायण भट्टराईले हालसम्म ४ सय ५४ जना उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि अलग्गै बैंक खाता खोलेको जानकारी दिएका छन् ।

शुक्रबार आयोजित ‘निर्वाचन र आमसञ्चार’ विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्याशालामा प्रवक्ता भट्टराईले उक्त जानकारी दिएका हुन् ।

चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्वाचन आयोगले तोकेपछि खर्चमा पारदर्शिता देखाउन उम्मेदवारहरूले चुनावी बैंक खाता खोलेका हुन् ।

प्रतिनिधिसभाका उम्मेदवारहरूले निर्वाचन खर्चमा मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार (छापा एवं विद्युतीय माध्यम, सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषयमा खर्च गर्न पाउनेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *