मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको निधन

No ads found for this position
No ads found for this position

कैलाली । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका पूर्वप्रतियोगी हिक्मत महराको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । कैलालीको गोदावरीमा दुर्घटनामा परि उनले ज्यान गुमाएका हुन् ।

महराले चलाएको मोटरसाइकल गोदावरी मन्दिर नजिक रोकिराखेको ट्रकमा अनियन्त्रित भएर ठोकिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानएको छ।

कमेडी च्याम्पियनको दोस्रो सिजनमा भाग लिएका हिक्मत टप ४ सम्म पुगेका थिए । ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १ सय ८० जनामा छनोट भएपश्चात टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका हुन् । उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *