अभिव्यक्ति शृङ्खला–१५ मा नरेश नातिको साङ्गीतिक प्रस्तुति रहने

No ads found for this position
No ads found for this position

काठमाडौँ । कवि, गीतकार, कथाकार, गायक तथा सङ्गीतकार नरेश नाति (नरेश माङ्पाहाङ राई) आफ्ना साङ्गीतिक सृजना लिएर मङ्सिर १५ गते शनिबार प्रस्तुत हुने भएका छन् ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा बेलायतको टिडवर्थमा आयोजना हुने वार्षिक शृङ्खला ‘अभिव्यक्ति शृङ्खला’को पन्धौँ संस्करणमा नाति प्रस्तुत हुने भएका हुन् ।

प्रतिष्ठानका उपाध्यक्ष मिजास तेम्बेका अनुसार बेलायती–नेपाली डायास्पोरिक प्रतिभाहरूको सम्मानमा आयोजना हुँदै आएको ‘अभिव्यक्ति शृङ्खला’ एक महत्वपूर्ण कार्यक्रम मानिन्छ । यस शृङ्खलामा हालसम्म चौध जना स्रष्टा प्रस्तुत भइसकेका छन् ।

‘बाटो खोज्दाखोज्दै’ गीतसङ्ग्रह, ‘मन बेइमानी’ मुक्तक सङ्ग्रह र ‘देश बिर्सेर’ कथासङ्ग्रह जस्ता कृतिका स्रष्टा नाति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतसँग आवद्ध छन् ।

नाति कथा, कविता, गीत र मुक्तक विधाका साथै सङ्गीत सृजना, गायन र वाद्यवादन कलामा समेत अब्बल साधकका रूपमा सुपरिचित छन् । नाति बेलायती–नेपाली डायास्पोरिक समाजका एक गौरवशाली प्रतिभा हुन् । मिक्लाजुङ गाउँपालिका–६, कन्याटार, पाँचथरका नरेश नाति हाल गोर्खा सैनिक सेवामा सेवारत छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *