भारतमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री पुग्यो

No ads found for this position
No ads found for this position

काठमाडौं- गर्मीको लहरको सामना गरिरहेको भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।

भारतको मौसम विज्ञान विभागले दिल्लीको तापक्रम ५२.३ पुगेको जानकारी दिएको हो । मौसम विभागका अनुसार दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो ।

उत्तर-पश्चिम दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेशनले बुधबार दिउँसो २.३० बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको थियो ।

मंगलबार सोही स्टेशनमा ४९.९ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । मंगलबार दिल्लीको नजफगढ मौसम केन्द्रमा पनि ४९.८ डिग्री सेल्सियसको तापक्रम रेकर्ड गरिएको थियो ।

उही समयमा दिल्लीको दुई मौसम स्टेशनहरूमा रेकर्ड गरिएको तापक्रमको अघिल्लो रेकर्ड एक दक्षिण दिल्ली र एक आर्य नगरमा मंगलबार पनि तोडिएको थियो ।

भारतको कुनै पनि भागमा ५२.३ डिग्री सेल्सियसको तापक्रम अहिलेसम्म रेकर्ड गरिएको थिएन।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *