विशेषको आँखाको संसार सुटिङ्गको शंघारमा

No ads found for this position
No ads found for this position

काठमाडौं – पुराना निर्माताहरु पलायन भैरहेको वर्तमान अवस्थामा युवा पुस्ता चलचित्र निर्माणमा अग्रसर देखिएका छन् ।

नयाँ नयाँ विषयवस्तुको चयन गरि व्यवसायिक हिसावले चलचित्र निर्माणमा देखिएका छन् विशेष तामाङ ।

बहुप्रशिक्षित तर बजारमा हल्लाकम भएको समसामयिक घट्ना र समाजको यथार्थ ऐनाको रुपमा चलचित्र ‘आँखाको संसार’ निर्माणको अन्तिम तयारीमा छौ. उनले भने ।

गीत, संगीतको काम भैरहेको निर्माणधिन चलचित्र ‘आँखाको संसार’मा साउण्ड व्यवस्थापनको क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिसकेका युवा समाजसेवि विशेष तामाङ सहनिर्माताको रुपमा जोडिएका छन् ।

छायाँकनको तयारीमा रहेको ‘आँखाको संसार’ विदेशमा रहेका नेपालीहरुको निर्माणमा सहकार्य रहने र भारत, क्यानडा र नेपालको बिभिन्न स्थानमा छायांकन हुने निर्देशक वेदप्रसाद भूर्तेलले जानकारी गराएका छन् ।

भोजपुरका स्थानीय वासिन्दा भएपनि मोरङलाई आफ्नो कार्य क्षेत्र बनाउदै आइरहेका विशेष तामाङ सानै देखि कलाको क्षेत्रमा बिभिन्न रुपले जोडिदै आइरहेका छन् ।

यो चलचित्रमा कलाकार र सहनिर्माताको रुपमा सहभागिता जनाउन पाउँदा आफुलाई खुशी महशूस भएको र आगामी दिनमा पनि यसै टिममा सहकार्यलाई निरन्तरता दिने बताए ।

निर्देशक वेदप्रसाद भूर्तेलका अनुसार यो चलचित्रमा नयाँ र पुराना कलाकारको भूमिका रहने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *