सहकारी ठगीविरुद्ध कांग्रेसले प्रदर्शन गर्दै, १५ जना केन्द्रीय प्रतिनिधि खटिए

No ads found for this position
No ads found for this position

काठमाडौं- सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले आज दिउँसो २ बजे भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकाविरुद्ध सडक आन्दोलनमा गर्ने निर्णय गरेको थियो । कांग्रेसले प्रदर्शन सफल पार्न काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटा निर्वाचन क्षेत्रमा १५ जना केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको अर्बौं रुपैयाँ सहकारीको बचत दुरुपयोग प्रकरणमा छानबिन गर्न नमानेको निष्कर्षसहित कांग्रेस आन्दोलनमा होमिएको हो ।

आजको प्रदर्शनमा कांग्रेसले गिरिबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनुका साथै सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा सरकारलाई खबरदारी गर्ने जनाएको छ ।

प्रदर्शनको पूर्वसन्ध्यामा भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार सँझ राँके जुलुस निकालेको थियो । सो क्रममा उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *