देशको प्रेम र इतिहास बुझ्न सबैले चलचित्र नालापानी हेर्नुपर्छ: एमाले (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा ऐतिहासिक चलचित्र नालापानी देखाइएको छ । नालापानी हेरेपछि एमाले नेताहरूले यो चलचित्र सबैलाई हेर्न आग्रह गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेलले नेपाल बचाउन वीर नेपाली सेनाले खेलेको भूमिकाको प्रसम्सा गर्दै यो फिल्म आम नागरिकले हर्नु पर्ने बताए । उनले भने, ‘यो फिल्मले नेपाली इतिहासको कथा बोकेको छ । यसले नयाँ पुस्ताको लागि शिक्षा दिएको छ । नालापानीको टिमलाई धन्यवाद दिन चाहन्छु ।’

पोखरेलले नालापानीले नेपाली वीरताको गाथा देखाएको बताए । उनले भने, ‘अंग्रजेजसँगको भएको युद्धमा नालापानीले महत्त्वपूर्ण ऐतिहासिक यथार्थ देखाएको छ । नेपालको देश भक्ति र राष्ट्रिय भावना राख्नेहरूले यो फिल्म हेर्नै पर्छ ।’

यस्तै उनले नालापानीमा नेपाली माटोको लागि नेपालीहरूले लडेको लडाइँ प्रशंसनीय भएको बताए । उनले नालापानीले देखाएको देश प्रतिको माया प्रशंसनीय भएको बताए ।

यस्तै एमाले नेता प्रेमनाथ अधिकारीले यस फिल्मले नेपालीहरूको वीरता संसारलाई चिनाएको बताए । उनले भने, ‘यस फिल्मले नेपालीहरू संसारमा कहीँ गएर पनि झुक्दैनन् भन्ने सन्देश दिएको छ । यो वास्तविकता हो । इतिहास बुझ्न यो चलचित्र सबैले हेर्नु पर्छ ।

यस्तै एमाले कार्यालय सचिव डा. भिष्म अधिकारीले हाम्रो देश कसरी जोगिएको थियो भन्ने स्पट यस फिल्मले देखाएको बताए । उनले नेपालको सिङ्गो इतिहास हेर्न र बुझ्न नेपाली विद्यार्थि देखि राजनीति दल र आम नेपालीलाई आग्रह गरे ।

चलचित्र नालापानी साउन १८ गतेबाट विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ । यही अवसरमा एमाले पार्टी कार्यालय च्यसलमा एमाले महासचिव सहित नेताहरूले चलचित्र हेरेका हुन् ।

प्रदर्शन अघि यो चलचित्र विभिन्न दलको नेता र समाजसेवीहरूलाई देखाइने फिल्म निर्देशक रिमेश अधिकारीले बताए । फिल्मको प्रदर्शनको सहजिकरण निर्देशक विश्वमणी घिमिरेले गरेका हुन् ।

चलचित्र नालापानीबारे कसले के भने ? भिडियोमा हेर्नुस्

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *