जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

चौतारा- सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा दर्जनौं घाइते भएको र उनीहरुको उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *