प्रधानमन्त्री र ओलीसँगको छलफलपछि गृहमन्त्रीले भने- सत्ता समीकरणमा केही समस्या छैन

No ads found for this position
No ads found for this position

काठमाडौँ- गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भएको छलफलपछि संचारकर्मीहरुसँग कुरागर्दै सामान्य छलफल भएको र समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।

प्रदेशमा आफुहरुको सहभागिता नरहेकोले आफ्नो चासोको विषय नभएको बताउदै सुदूरपश्चिमको विषय मिलिसकेको उनले बताए । सहमतिमा गएको विषयमा व्यक्तिको विषयमा केहि कुरा उठेका बताउदै प्रदेशको विवादले केन्द्रमा कुनै विवाद नरहेको बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको विषयमा कुनै छलफल नभएको उनले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *