तीनकुनेको अनियनमा भोलि देखि १ रुपैयाँमा तन्दुरी रोटी खान पाइने

No ads found for this position
No ads found for this position

काठमाडौँ- काठमाडौँको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनी द्वारा सञ्चालित अनियनमा भोलि वैशाख ७ गते देखि १ रुपैयाँमा तन्दुरी रोटी पाइने भएको छ ।

अनियनका सञ्चालक कपिल पोखरेलको अनुसार घरको लागि प्याकिङमा उक्त व्यवस्था नभएको तर अनियनमा आएर खानेलाई १ पिस तन्दुरी रोटी १ रुपैयाँ तिरे पुग्ने छ ।

ग्राहकहरूको खानपिनको गुणस्तरलाई प्रमुख ध्यानमा राखी सम्पूर्ण व्यवस्था मिलाइएको जानकारी सञ्चालक पोखरेलले दिँदै ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना भएको बताए ।

पोखरेल विगत २० वर्ष देखि लुम्बिनी तन्दुरी भोजनालयको देशै भरी प्रभुत्व जमाउन सफल भएका छन् ।

अहिले देशको मन्दीको परिस्थितिलाई ध्यानमा राखी गरिबहरुले पनि भोको रहनु नपरोस् भनी ग्राहक वर्गको हितको लागि यो नयाँ योजना ल्याइएको पोखरेलले बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *