कांग्रेस-एमाले मिलौं, आगामी निर्वाचनमा एक्ला एक्लै लडौं : महामन्त्री थापा

'साना पार्टीका कारण घर झगडा बढिरहेको छ यस्ता दोकानहरू बन्द गरौं'

No ads found for this position
No ads found for this position

धनगढी- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरी र रन्जिता श्रेष्ठको विवादलाई सङ्केत गर्दै उनले साना पार्टीका कारण घर झगडा बढिरहेको बताएका छन् ।

उनले साना पार्टीका कारण घर झगडा बढिरहेको र साना पार्टीका दोकानहरू बन्द गराउनुपर्ने बताए ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा आयोजित एक कार्यक्रममा उनले नेपाली कांग्रेसले एक वर्ष सरकारमा जान नहुने बताए ।

महामन्त्री थापाले भने, ‘२०८१ साल भरि सिंहदरबारतिर फर्केर नहेरौं । बालुवाटार तिर पनि फर्केर नहेरौं। आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न गर्नु हुँदैन।’

उनले अब निर्वाचन प्रणाली नै बदल्नु पर्ने र त्यसकालागि कांग्रेस र एमाले मिल्नु पर्छ बताए। उनले गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी पनि अन्त्य गर्नुपर्ने उनले बताए ।

उनले पार्टीमा सदस्यता वितरणबाटै गुटबन्दी सुरु हुने बताए । महामन्त्री थापाले भने, ‘कांग्रेसको सदस्य बन्न कसैलाई रोक्नु हुँदैन । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुन आवश्यक छ ।’

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *