राप्रपाको जनप्रदर्शनमा घाइते भएका डाँगीको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं- राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ ।

बर्दियाको मधुवन नगरपालिकाका राप्रपा अध्यक्ष समेत रहेका डाँगीको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो ।

गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा उनी घाइते भएका थिए । आन्दोलनकारीलाई हटाउनेक्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा समस्या आएको थियो ।

डाँगीको अहिल राप्रपा पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *