सूर्यबहादुरलाई सम्झँदै देउवाले भने, ‘राजा ल्याउन अब सम्भव छैन’ (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अब राजा फर्किएर आउन असम्भव भएको बताएका छन्।

पूर्व प्रधानमन्त्री, संविधानसभाका अन्तरिम अध्यक्ष एवं संविधानसभा सदस्य स्वर्गीय सूर्यबहादुर थापाको नवौं स्मृति दिवस को अवसरमा काठमाडौंको गैरिधारा स्थित एलिस रिसेप्सनमा आइतबार सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘केही मान्छे राजा फेरि फर्किन्छ भनेर लागेका छन् । राजा गए । राजाका छोराछोरी गए । अहिले गणतन्त्र आएको छ । नेपालमा अब राजा फर्काउन असम्भव छ ।’

सभापति देउवाले स्वर्गीय सूर्यबहादुर थापालाई आँफूले पहिलो पटक जेलमै भेटेको बताए । उनले भने, ‘मैले वाहाँलाई पहिलो पटक नख्खु जेलमा भेटेको हुँ । त्यो बेला हामी सँगै जेलमा बस्यौं । पछि वहाँ जेलबाट छुटेर उदारवादको राजनीतिमा लाग्नु भयो । जनमत सङ्ग्रहमा वहाँले गर्दा पञ्चायतले जित्यो । जितेपछि त्यही पञ्चायतले वहाँलाई धेरै दुख दियो ।’

सभापति देउवाले अहिलेको व्यवस्था सबैलाई स्वीकार हुने र यो परिवर्तन ल्याउनमा स्वर्गीय सूर्यबहादुर थापाको पनि महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले गणतन्त्रमा समस्या भए सुधारेर जानुपर्ने बताए ।

उनले सूर्यबहादुर थापा नेपाली राजनीतिको इतिहास भएको बताए । उनले भने, ‘वहाँको उदारवादी राजनीति र गणतन्त्रमा खेलेको महत्त्वपूर्ण भूमिका प्रशंसनीय छ । वहाँको अझै खोजी नीति होस् । नयाँ पुस्ताले पनि वहाँ बारे जान्न पर्छ ।’

कार्यक्रम प्रा.डा. लोक राज बराल, प्रा.डा. अच्युत वाग्ले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, सांसद प्रदीप यादव, डा. प्रकाश चन्द्र लोहोनी, लगायत वक्ताहरूले सूर्यबहादुर थापा बारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम प्रा.डा. लोक राज बरालले सूर्यबहादुर थापालाई ६० को दशकमा राम्ररी चिनेको बताए । उनले हार्डलाइन र सफ्ट लाइनर दुबैलाई मिलाएर लैजान सक्ने उदारवादी नेता भएको बताए ।

एक पटक मैले भेटदा सूर्यबहादुरले दरबारमा सड्यन्त्र भएको कुरा गर्नु भयो । उनले भने, ‘प्रधानमन्त्री भनेको रुखको पात जस्तो हो भन्नुभयो । एक पटक आत्तिनु भएको थियो । वहाँ सबैसँग घुलमेल हुने भएकाले मैले मोटरसाइकलमा राखेर बोर्डमा लगेको थिँए ।’

उनले पंचायतमा थापासँग एउटा टेलिफोनको सिफारिस लिएर आँफूले स्वार्थ लिएको बताए । बरालले भने, ‘त्यो बेला टेलिफोनको लाइन पाउन असाध्यै गाह्रो थियो । मैले वहाँलाई एउटा टेलिफोन मिलाइदिनुस् भने । वहाँले हुन्छ भनेर मेरो मोटरसाइकलको पछाडि बसेर लैजानु भयो । मोटरसाइकलमा बसेको बेला वहाँले पिंठ्युमा निवेदन राखेर तोक लागइ दिनु भयो । त्यसपछि मैले टेलिफोन पाएँ ।’

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको छोरा सुनिलबहादुर थापाले सूर्यबाहादुर थापा प्रतिष्ठानको तर्फबाट उपस्थित सबैलाई धन्यवाद दिए ।

पूर्व मन्त्री तथा राष्ट्रपतिका राजनीति सल्लाहकार समेत रहेका थापाले सूर्यबहादुरलाई राजनीतिक वा बुवाको हैसियतमा सम्झन आँफूलाइ अफ्ठेरो परेको बताए ।

उनले भने, ‘बहुदलीय ब्यावस्थामा मेरो बुबालाई बनेपा काण्डमा आक्रमण भयो । बुवाले यसले मलाइ फाइदा गर्छ भन्नुभयो र पछि प्रधानमन्त्री बन्नुभयो ।’

थापाले नेपाली कांग्रेस प्रवेश गर्दाको अनुभव सुनाउँदै भने, ‘म नेपाली कांग्रेस प्रवेश गर्दा मेरो बुवा हुनुहुन्नथ्यो । प्रजातान्त्रिक मूल्य र मान्धतालाइ आत्मसाथ गरेर नेपाली कांग्रेसमा प्रवेश गरेको हुँ ।’

उनले बुवाले जहिले पनि मलाइ पढ्नुपर्छ भनी उपदेश दिने गरेको बताए । बुबासँग त्यो बेला पढाइ भन्दा अरू सम्बन्ध नभएको बताए ।

उनले भने, ‘पछिल्लो समय बुवा सँग राजनीतिमा संविधानसभामा जोडिएँ । वहाँकै हातबाट शपथ लिएँ । त्यसपछि राजनीतिक रूपमा घनिष्ठ रूपमा कुराहरू हुन थाले र मेरो राजनीति यात्रा सुरु भयो ।’

उनले माओवादी द्वन्द्वको समयमा राजा प्रति पनि लचिलो र माओवादी प्रति पनि लचिलो भई अर्काको भाग भुँइबाट खोस्न खोज्दा खेरि आँफूपनि जाला भन्ने नमानी लचक भई काम गरेको बताए ।

कार्यक्रममा डा. प्रकाश चन्द्र लोहोनीले माओवादी द्वन्द्वलाइ पिस फुल तरिकाले समाधान गर्न वहाँ लाग्नुभएको बताए ।

उनले भने, ‘ माओवादीलाई पिस फुल तरिकाले ल्याउन वार्ताकालागि कमल थापा र म लागेका थियौं । माओवादीले मागेको परिवर्तन सबै मान्न तयार हुनुहुन्थ्यो सूर्यबहादुर तर एउटा राजतन्त्रको विषयमा कुरा मिलेन ।’

कांग्रेसलाइ लिएर राजनीतिमा अगाडि बढ्नुपर्छ भन्ने वहाँको विचार थियो । लोहोनीले भने, ‘त्यति नै बेला यो भई दिएको भए अहिले के हुन्थ्यो ?’

कार्यक्रम सांसद प्रदीप यादवले सूर्यबहादुर थापाले मधेसका महिलालाई  राजनीतिमा अगाडी ल्याएको बताए । थापालाई इतिहाँसको महान् रूपमा आँफूले चिनेको बताए ।

उनले भने, ‘म कक्षा ९ मा पढ्दा भर्खर बहुदल आएको थियो । वहाँ त्यो बेला बिरगन्ज जानु भएको थियो । पञ्चेको भेला हटाउनु पर्छ भनी मलाइ पनि ढुँगा हान्न लगेका थिऐ । पछि ढुँगा हान्न गएको म वहाँको भाषण सुनेर वहाँकै पार्टीमा प्रवेश गरेँ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *