साइकलमा ल्याइएको अवैध ११ लाख सहित एक पक्राउ

No ads found for this position
No ads found for this position

रौतहट- भारतीय सीमामा सँगै जोडिएको रौतहटको सदरमुकाम गौर बाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँ सहित एकजना लाई प्रहरीले पक्राउ गरेको छ।

गौर नगरपालिका १ स्थित शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रवार साँझ सोही वडाका ५६ वर्षीय बीरेन्द्र कुमार जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७ सय रुपैयाँ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी  प्रवक्ता डिएस्पी एलिजा गिरी ले बताईन्।

साईकल चढेर आएका जैसवालले बोकेको झोला भित्र उक्त रकम बरामद भएको तथा आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

गौरसँगै भारतीय बजार बैरगनिया जोडिएको हुँदा त्यहाँ पछिल्लो समय हुण्डी कारोबार बढ्दै गएको स्थानीयहरूले बताएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *