लुम्बिनीका ९ सदस्यको मुख्यमन्त्री महरालाई धम्की, विश्वासको मत दिँदैनौँ

No ads found for this position
No ads found for this position

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज अपराह्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

तर विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पूर्व सहमति पालना नगरको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन् ।

महराले अहिले अहिले एमालेका १, माओवादी केन्द्रका १ र जनता समाजवादी पार्टीका १ जनालाई मन्त्री बनाएका छन् । तर पूर्व सहमति अनुसार नाउपा र जसपाले २-२ मन्त्री पाउने सहमति भएको बताउँदै विश्वासको मत दिन बाध्य नहुने बताएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *