इरानले इजरायलमाथी आक्रमण गरे अमेरिका ‘फलामे ढोका’ भएर उभिनेछः वाइडेन

No ads found for this position
No ads found for this position

वासिंगटन डिसी- इरानले इजरायल माथी हमला गरे अमेरिका इजरायलको रक्षा कवच भएर उभिने भएको छ। तेहरानले वरिष्ठ इरानीलाई मारेको भन्दै आक्रमणको बदला लिन सक्ने चेतावनीका बिचमा अमेरिकाले आफ्नो स्थिति स्पष्ट पारेका हुन् ।

सोही सन्दर्भमा अमेरिकन राष्ट्रपति जो बाइडेनले इजरायललाई ‘फलामे ढोका’ भएर अमेरिकाले इजरायलको रक्षा गर्ने जनाएका छन् ।

इजरायलले १० दिनअघि सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि इरानले जवाफमा इजरायल माथी आक्रमण गर्ने धम्की दिएको थियो, जसको जवाफमा अमेरिकन राष्ट्रपति बाइडेनले यस्तो चेतावनी दिएका हुन् ।

‘हामी इजरायलको सुरक्षाको लागि सक्दो गर्न गइरहेका छौं,’ उनले थपे। यस अघि बुधबार इरानका नेताले दमास्कसमा इजरायली हमलालाई इरानमाथि नै आक्रमण गर्नु बराबर भएको बताएका थिए।

‘जब तिनीहरूले हाम्रो वाणिज्य दूतावास क्षेत्रमा आक्रमण गरे, यो हाम्रो क्षेत्रमा आक्रमण गरेजस्तै थियो,’ अयातुल्ला अली खामेनीले टेलिभिजन भाषणमा भनेका थियो, ‘दुष्ट शासन दण्डित हुनुपर्छ, र यो सजाय हुनेछ ।’

गत अप्रिल १ मा इरानी वाणिज्य दूतावास भवनमा भएको आक्रमणमा वरिष्ठ इरानी सैन्य नेताहरू सहित १३ जनाको मृत्यु भए पछि इरान र इजरायलका बिचमा तनाब बढेको छ ।

बुधवार ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री फुमियो किशिदासँगै पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले सो टिप्पणी गरेका हुन् ।

‘मैले प्रधानमन्त्री नेतन्याहुलाई भनेझैं, इरान र यसका प्रोक्सीहरूबाट हुने यी खतराहरू विरुद्ध इजरायलको सुरक्षाप्रतिको हाम्रो प्रतिबद्धता फलामको ढोका सरह हुनेछ, मलाई फेरि भन्न दिनुहोस्, फलामको ढोका,’ बाइडेनले भने।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *