काठमाडौं विश्वकै बढी वायु प्रदूषित सहरमा पहिलो, दोस्रोमा नयाँ दिल्ली

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौं विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ ।

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौं विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौंको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ ।

त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ ।

अहिले काठमाडौं र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

अहिले काठमाडौंको वायु प्रदुषण बढ्नुमा जङ्गल लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ ।

मौसम विभागले काठमाडौंमा अझै केहि दिन वायु प्रदुषणको यो अवस्था रहने र यो केहि दिन पुर्णरुपमा हट्ने सम्भाना नरहेको बताएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *